स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशत रकम निक्षेपका रुपमा गणना गर्न पाउने

आर्थिक लाइभ
आर्थिक लाइभ २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । वाणिज्य बैंकहरुले चालु वर्षको पुस महिनासम्म स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशत रकम निक्षेपका रुपमा गणना गर्न पाउने भएका छन् ।
गत आर्थिक वर्षमा तरलता सहज बनाउनका लागि स्थानीय सञ्चित कोषको ८० प्रतिशत रकम निक्षेपका रुपमा गणना गर्न पाउने व्यवस्था गरिएको थियो। यो व्यवस्था थप ६ महिना लम्ब्याउँदै अर्थ मन्त्रालयले पुससम्म पुर्याएको हो। मन्त्रालयले चालु वर्षको ४५ दिनको कार्यप्रगति समेत सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array