रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा

आर्थिक लाइभ
आर्थिक लाइभ १४ भाद्र २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमका बीच चार्जिङ स्टेसनको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरेकी छन् ।

विद्युत् खपत प्रबर्द्धन गर्न तथा विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।
देशका प्रमुख शहर तथा राजमार्गहरुमा पनि द्रुत सवारी चार्जिङ स्टेसनहरुको स्थापना गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार देशका विभिन्‍न स्थानमा ५१ वटा चार्जिङ स्टेसन स्थापना गर्ने कार्य भइरहेको छ । २६ वटा जीबीटी ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि चार्जरर २५ वटा सीसीएस साना ठूला कारहरु चार्जर रहेका छन् । जसका लागि आवश्यक एनएसपी नेशनल सर्भिस प्रोभाइडर० प्रणालीको विकास गरिएको प्राधिकरणले जनाएको छ। एनएसपीमार्फत उपभोक्ताले अनलाइन बुकिङ गर्न सक्नेछन् । चार्जको रकम भुक्तानीका लागि प्राधिकरणको मोबाइल एप्सप्रयोग गर्न सकिनेछ ।

हाल निर्माण भइरहेको चार्जिङ स्टेसनको क्षमता ६० किलोवाट डीसी प्लस, २२ किलोवाट एसी रहेको छ । यद्यपि १२० किलोवाट डीसीसम्म पनि सिंगल डीसी गनले गाडीहरु चार्ज गर्न सक्ने छ । प्राधिकरणका अनुसार नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको व्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ। चार्ज गर्दा कारहरुमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा एक रुपैयाँ २० पैसा प्रति किलोमिटर खर्च लाग्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

Array