बैंकिङ प्रणालीमा अझै आउन सकेन निक्षेप

आर्थिक लाइभ
आर्थिक लाइभ १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । भदौ पहिलो साता निक्षेप संकलन ५ अर्ब ९ करोड रुपैयाँले बढेकोमा दोस्रो साताको अवधिमा जम्मा ५१ करोडले मात्रै वृद्धि भएको छ ।

यहि अवधिमा कर्जा विस्तार भने एक अर्ब ३० करोड रुपैयाँले बढेको छ । भदौ पहिलो साता निक्षेप ५ अर्ब ९ करोडले बढेकोमा कर्जा विस्तार तीन अर्ब ११ करोडले बढेको थियो । तर भदौ १० गतेसम्मको अवधिमा निक्षेप संकलन जम्मा ५१ करोडले बढेको छ भने कर्जा विस्तार एक अर्ब ३० करोड रुपैयाँले बढेको छ ।

सिडी रेसियो अघिल्लो साताको तुलनामा ह्वात्तै बढेको छ । भदौ ३ गतेसम्मको अवस्थामा सिडी रेसियो ८७.४७ प्रतिशत रहेकोमा भदौ १० गतेसम्मको तथ्याङ्क अनुसार ८८.४२ प्रतिशत पुगेको छ । यहि हिसावले अगाडी बढ्ने हो भने अब बैंकहरु छिट्टै थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुग्नेछन् । नयाँ कर्जा प्रवाह हुन नसक्दा धेरै समस्या निम्त्याउन सक्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array