सहकारीमा मर्जर : एक भए पाँच सहकारी

आर्थिक लाइभ
आर्थिक लाइभ १२ भाद्र २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं । पाँचवटा सहकारी संस्थाहरू मर्जमा गएका छन् । काठमाडौंमा सञ्चालित आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुउद्देश्यीय सहकारी संस्थाबीच मर्जरको सम्झौता भएको हो ।

मर्जरको सम्झौता गरेका सहकारीहरुले १ महिनाभित्र वार्षिक साधारण सभा गर्ने र त्यसको १५ दिन भित्र एकीकृत साधारणसभा गर्ने भएका छन् । मर्जरपछि संस्थाको नाम ’नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था हुनेछ । भने संस्थाको कुल सेयर पुँजी ३० करोड ८१ लाख २२ हजार रुपैयाँ पुग्नेछ ।

त्यस्तै संस्थाको जगेडा कोषमा १४ करोड ६६ लाख, कर्जा जोखिम कोष १२ करोड ४२ लाख ३५ हजार, कुल संस्थागत पुँजी १६ करोड ९४ लाख २९ हजार, अन्य कोषहरू २ करोड २७ लाख ३९ हजार, कुल बचत ५ अर्ब ६३ करोड ७० लाख रुपैयाँ रहनेछ ।

त्यस्तै, लगानीमा रहेको ऋण ४ अर्ब २७ करोड ४५ लाख, वित्तीय लगानी ४ करोड २७ लाख २९ हजार, तरलता रकम १ अर्ब ३८ करोड ४८ लाख रहनेछ भने ऋणी सदस्यहरूको सख्या ६ हजार ८ सय ५८ जना हुनेछ ।

मर्जरपछि संस्थाको कुल सम्पत्ति ७ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ भने ३० हजार २० जना शेयर सदस्यहरु रहनेछन् । मर्जरपश्चात् संस्थाको अध्यक्ष ज्ञानबहादुर तामाङ बन्नेछन् भने प्रमुख कार्यकारी अधिकृत ९सिईओ० हालको आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कुयाङ लामाले सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array