१ लाख बढी ऋणीको सहुलियतपूर्ण कर्जा स्वीकृत

आर्थिक लाइभ
आर्थिक लाइभ १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट १ लाखबढी व्यक्तिको सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तसम्ममा १ लाख ४७ हजार ३७३ ऋणीको विभिन्न १० शिर्षकमा २ खर्ब ५९ अर्ब ५५ करोड ७९ लाख रुपैयाँबराबरको सहुलियतपूर्ण कर्जा स्वीकृत भएको हो। अब २ खर्ब १३ अर्ब ८८ करोड ९२ लाख रुपैयाँ कर्जा स्वीकृत हुनु बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकका अनुसार ५६ बैंक तथा वित्तीय संस्थाहरुले व्यावसायिक कृषि तथा पशुपन्छी, बिना धितो, धितोसहित, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्किएका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितहरुको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालनका लागि, प्राविधिक तथा व्यवसायिक तालिम परिषद्बाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम र युवा वर्ग स्वरोजगार कर्जा शीर्षकमा सो ऋण प्रदान गरेका हुुुन्।

प्रतिक्रिया दिनुहोस्

Array