कुमारी बैंकले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने

आर्थिक लाइभ
आर्थिक लाइभ ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । कुमारी बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । जसमा १८ लाख कित्ता बैंकले विभिन्न कम्पनीलाई बिक्री गर्ने छ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । जसमा सामूहिक लगानी कोषलाई ६० हजार कित्ता छुट्याईएको छ ।

बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको यस ऋणपत्रमा १० वर्ष अवधिको ‘११५ केबिएल डिबेन्चर २०८९’ मा वार्षिक ११ प्रतिशत ब्याज पाइनेछ । ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सकिने छ । भदौ १७ देखि २१ गतेसम्म सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत ऋणपत्रमा आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

Array