भदौ तेस्रो साताबाट नयाँ नोट साट्ने

आर्थिक लाइभ
आर्थिक लाइभ ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँका लागि यहि भदौ तेस्रो साताबाट नयाँ नोट साट्ने भएको छ । राष्ट्र बैंकले दसैँलाई लक्षित गर्दै नयाँ नोट साट्ने व्यवस्था गर्न लागेको हो । मुद्रा व्यवस्थापन विभागका निर्देशक अनुज दाहालका अनुसार भदौ २० गतेसम्म राष्ट्र बैंकमा नयाँ नोट आउनेछ । सम्बन्धित विभागबाट स्वीकृति लिएपछि १–२ दिनभित्रै राष्ट्र बैंकका सबै कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्ने व्यवस्था गरिनेछ । यस वर्ष ५, १०, २०, ५० र १०० दरका नयाँ नोट साट्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array