सहकारी विभागद्वारा १६ बुँदे निर्देशन जारी

आर्थिक लाइभ
आर्थिक लाइभ १ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । सहकारी विभागले १६ बुँदे निर्देशन जारी गरेको छ । विभागले सहकारीहरुलाई साप्ताहिक, मासिक, त्रैमाशिक, अर्धवार्षिक र वार्षिक वित्तीय सूचकहरु सहकारी संस्थाका शेयरधनी, निक्षेपकर्ता, ऋणीलाई जानकारी गराउनु पर्ने व्यवस्था गरेको छ ।

विभागले मौद्रिक नीतिमा भएका कतिपय व्यवस्था तथा सुझावका आधारमा सहकारी संस्था, सहकारीका आम शेयर सदश्यहरु र केन्द्रिय संघ र सहकारी बैंकका लागि छुट्टा छुट्टै निर्देशन जारी गरेको छ । विभागले सहकारीहरुलाई संस्थागत सुशासन कायम गर्न निर्देशन दिएको छ । घाटामा रहेका सहकारी संस्थाहरुलाई नाफामा सञ्चालन नहुञ्जेल मुनाफा वितरण नगर्न, सञ्चालक तथा कर्मचारीको सुविधा कटौती गर्न, प्रशासनिक खर्च घटाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array