विदेशी ऋण ल्याउने बैंकलाई ‘डेरिभेटिभ्स’ कारोबारमा सहुलियत

आर्थिक लाइभ
आर्थिक लाइभ ३१ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी ऋण ल्याउन बैंकलाई ‘डेरिभेटिभ्स’ कारोबारमा सहुलियत दिएको छ । राष्ट्र बैंक विदेशी विनियमय व्यवस्थापन विभागले एक परिपत्र जारी गर्दै राष्ट्र बैंकको स्वीकृतिमा एक वर्ष वा सोभन्दा बढी अवधिको विदेशी ऋण ल्याएका वाणिज्य बैंकहरुले राष्ट्र बैंकले ‘डेरिभेटिभ्स’ कारोबारमा सहुलियत दिएको हो ।
बैंकहरुले प्राथमिक पूँजीको १५ प्रतिशत भन्दा बढीको ‘डेरिभेटिभ्स’ कारोबार गर्न नसक्ने व्यवस्था छ । साथै ३ महिना अवधि भन्दा बढीको पनि कारोबार गर्न सक्दैनन् । तर, १ वर्ष भन्दा बढी अवधिको विदेशी ऋण ल्याएका वाणिज्य बैंकले भने विदेशी विनिमय जोखिम हेजिङ गर्ने प्रयोजनका लागि उक्त ऋणको बक्यौता सावाँ तथा ब्याज बराबर हुने रकम सम्मको र ऋणको अवधिसम्मको ‘डेरिभेटिभ्स’को खरिद कारोबार गर्न सक्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array