भदौमा ब्याजदर नबढाउने एनबीएको निर्णय

आर्थिक लाइभ
आर्थिक लाइभ ३० श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसन ९एनबीए०ले भदौमा पनि बैंकको साधारण र मुद्दति निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ। एनबीएको सोमबार बसेको बैठकले भदौमा साधारण र मुद्दति निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको हो। ‘व्यक्तिगत मुद्दति निक्षेपतर्फ साउनकै अधिकतम ११।०३ प्रतिशतलाई भदौमा कायम गर्ने निर्णय भएको छ ।

यसअघि साउन २२ गते बसेको एनबीएको बैठकमा भदौ महिनामा पनि निक्षेपको ब्याजदर नबढाउने बैंकहरुले भद्र सहमति गरेका थिए तर निर्णय नै भने भएको थिएन।
अहिले बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अधिकतममा ११.०३ प्रतिशत दिँदै आएका छन् भने संस्थागतमा १०.०३ प्रतिशत ब्याज दिइरहेका छन्। यस्तै रेमिट्यान्समा १२.०३ प्रतिशत ब्याजदर रहेको छ। अब बैंकहरुले संस्थागतमा ९.०३ प्रतिशत ब्याज दिनेगरी नयाँ ब्याजदर सार्वजनिक गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

Array