अभियान लघुवित्तको आईपीओ बाँडफाँड, खप्तडले भदौ ५ गते निष्कासन गर्ने

आर्थिक लाइभ
आर्थिक लाइभ ३० श्रावण २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । लघुवित्तको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयका उक्त आईपीओ बाँडफाँड भएको हो ।

आईपीओमा कुल १९ लाख ८० हजार ९७६ जनाले आवेदन दिएका थिए । जसमध्ये १९ लाख ७८ हजार ५९४ आवेदन स्वीकृत भएका छन् भने २ हजार ३७६ आवेदन रद्द भएको छ ।

माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार स्वीकृत आवेदनमध्ये गोलाप्रथा माध्यमबाट ९१ हजार ३७५ जनालाई कम्पनीको शेयर बाँडफाँड गरिएको हो ।

लघुवित्तले साउन १८ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका ९ लाख ७५ हजार कित्ता शेयर निष्कासन गरेको थियो । सोमध्ये ०।५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको थियो । बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

यसैबीच खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू। १०० अंकित मूल्यका रू। १ करोड ३२ लाख बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न लागेको हो ।

सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्य शून्य दशमलव ५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ । यी वाहेक बाँकी १ लाख २३ हजार ४०० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आउँनेछ ।

यो आइपीओ छिटोमा भदौ १२ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ २२ गतेसम्म विक्री अवधि लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १३२० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आवेदकले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयहरूसँगै मेरोशेयर वेबसाइट तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array