तीन वाणिज्य बैंकलाई मर्जर वा एक्वीजिशनमा जान राष्ट्र बैंकको दबाब

आर्थिक लाइभ
आर्थिक लाइभ ३० श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकलाई मर्जरमा जान पुस मसान्तसम्मको ‘डेटलाइन’ दिएको छ । राष्ट्र बैंकले २६ साउनमा अरु केही बैंकका सञ्चालक र व्यवस्थापकहरुलाई बोलाएर यी तीन बैंक मर्जर वा एक्वीजिशनमार्फत् आफूमा समाहित गर्न आग्रह नै गरेको थियो ।
राष्ट्र बैंकले गत बिहीबार सिद्धार्थ, लक्ष्मी, माछापुच्छ्रे, सानिमा र सिटिजन्स बैंकका प्रतिनिधिलाई बोलाएर अहिलेसम्म मर्जरको समझदारी नगरेका साना ३ वाणिज्य बैंक लिगिदिन आग्रह गरेको हो । एनसीसी, कुमारी र सनराइज बैंकलाई लिइदिन राष्ट्र बैंकले आग्रह गरेको हो । बैठकमा सानिमा बहोकका बैंकले यसबारे ‘विचार गर्ने’ भनेका छन् । तर सानिमा बैंकले कुनै पनि हालतमा अर्को बैंक नकिन्ने अडान राष्ट्र बैंकसामु प्रस्तुत गरेको छ ।

यी तिनवटै बैंकहरु लामो समयदेखि विबाद र अस्थिरताको भूमरीमा फसेका छन् । एनसीसी बैंक त डेढ दशकदेखि एनबी समूहको लफडाले घेरिएको छ । यही कारण राष्ट्र बैंकले नै सञ्चालक समिति निलम्बन गरेर आफैंले बैंकको सञ्चालक समिति पठाएको थियो । त्यसबेला राष्ट्र बैंककै अधिकारीहरुले इण्टरनेशनल, इन्फ्रास्ट्रक्चर, सुप्रिम र एपेक्स डेभेलपमेण्ट बैंकलाई एनसीसीमा मर्जर गराइदिएका थिए । तै पनि बैंकको अवस्था सोचेजस्तो सुधार भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Array