धौलागिरी लघुवित्तको शेयर करिब ३१ हजारले मात्रै पाउने

आर्थिक लाइभ
आर्थिक लाइभ २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि निष्काशन गरेको आईपीओमा ७० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ः०३ बजेसम्ममा १९ लाख ५२ हजार ४६० जना आवेदनबाट २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २१ हजार ५७० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ३ लाख ८ हजार २९५ कित्ता शेयरको ७०.४५ गुणा बढी हुन आउँछ । लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत अर्थात ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको हो ।

लघुवित्तले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ३० हजार ८२९ जनाले मात्रै शेयर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array