राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने

आर्थिक लाइभ
आर्थिक लाइभ २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । प्रतिनिधि सभाबाट बीमा विद्येयक २०७९ पारित भएको छ । आइतबार बसेको बैठकको बहुमत सदस्यले विद्येयक पारित गरेको हो ।

विद्येयक ऐनको रुपमा लागू भएपछि सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेड कम्पनीमा परिणत हुनेछ । विद्येयक लागू भएपछि राष्ट्रिय बीमा संस्थान ऐन २०२५ खारेज हुने व्यवस्था छ ।

राष्ट्रिय बीमा संस्थान ऐन खारेज भएपछि संस्थान बीमा ऐन अनुसार सञ्चालनमा आउने छ । विधेयकमा अनुसार राष्ट्रिय बीमा संस्थान एक वर्ष भित्रमा पब्लिक लिमिटेड कम्पनीमा परिणत हुनु पर्नेछ । संस्थानका कर्मचारी तथा चल अचल सम्पत्ति सबै कम्पनीमा रुपमान्तरण हुनेछन् ।

कम्पनीमा परिणत भएपछि संस्थानले चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ मात्रै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array