कुमारी बैंक लिमिटेड र माइकल ग्रिल्स प्रालिबीच सम्झौता

आर्थिक लाइभ
आर्थिक लाइभ २४ माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । कुमारी बैंक लिमिटेड र माइकल ग्रिल्स प्रालिबीच कुमारी बैंकका ग्राहकले विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ । डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निम्ति कुमारी बैंकले सहकार्य गरेको हो ।

सहकार्यपश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरू तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले माइकल ग्रिल्स प्रालिको मध्यबानेश्वर, पेप्सीकोला, गैरीधारा र इमाडोल आउटलेटमा विभिन्न सेवा सुविधा उपभोग गर्दा लाग्ने शुल्कमा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने जनाइएको छ । आगामी दिनमा पनि कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरू ल्याइरहने बैंकले जनाएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, ३४५ एटीएम, ६२ शाखारहित बैंकिङ इकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array