नबिल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच ईभी खरिदमा कर्जा सुविधा उपलब्ध गराउने सम्झौता

आर्थिक लाइभ
आर्थिक लाइभ १२ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाण्डौ । नबिल बैंक र नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलबीच विद्युतीय सवारीसाधन (ईभी)          र इन्टरनल कम्बुस्टन इन्जिन (आईसीई) भेहिकलका कर्जा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौतापत्रमा नबिल बैंकका सिनियर डीसीईओ सुजितकुमार शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद                  सापकोटाले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै ग्राहकले हुन्डाई गाडी, ईभी र ईसीई खरिदका लागि नबिल बैंकबाट १२.९९ प्रतिशत           ब्याजदरमा कर्जा सुविधा पाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस्

Array