मुक्तिनाथ विकास बैंकले ल्यायो रु. २२.५० लाखसम्मको बीमा सुविधासहितको ‘मुक्तिनाथ उत्कृष्ट मुद्दति’ योजना

आर्थिक लाइभ
आर्थिक लाइभ १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं ।  मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र रु. २२.५० लाखसम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ उत्कृष्ट मुद्दति’ योजना सञ्चालनमा ल्याएको छ।

यो योजनाअन्तर्गत व्यतिmगत मुद्दति खातामा न्यूनतम रु. ५ लाख मौज्दात राखेर मुद्दति खाता खोल्ने खातावालहरुले आफ्ना लागि रु. १० लाखसम्मको दुर्घटना बीमा, रु. २ लाखको घातक रोग बीमा र रु. ५० हजारको आवधिक जीवन बीमाका साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत रु. १० लाखसम्मको दुर्घटना बीमा सुविधा पाउनेछन्। यस योजनाअन्तर्गत ग्राहकले १ वर्षदेखि २ वर्षसम्मको मुद्दति खाता खोल्न सक्नेछन् र जति अवधिको मुद्दति खाता खोल्नेछन्, त्यति नै समयावधिका लागि बीमा सुविधा प्राप्त गर्नेछन्। यो योजनाबाट ग्राहकलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array