१५० सीसीमाथिका दुईपांग्रेको आयात रोक, बजाज र टीभीएसलाई फाइदा

आर्थिक लाइभ
आर्थिक लाइभ १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । १५० सीसीमाथिका मोटरसाइकल आयात प्रतिबन्ध लगाउँदा बजाज र टीभीएसलाई फाइदा पुगेको छ।नेपालमै एसेम्बलिङ उद्योग खोली दुईपांग्रे बिक्री गरिरहेका कम्पनीलाई प्रत्यक्ष फाइदा पुग्ने भएको हो।

सरकारले १५० सीसीमाथिका तयारी मोटरसाइकल आयात प्रतिबन्ध लगाए पनि एसेम्बलिङको लागि १५० माथिका मोटरसाइकल आयात गर्न पाइन्छ। शेखर गोल्छाहरुको बजाज र शंकर ग्रुपको टीभीएसले नेपालमा १५० सीसीमाथिका मोटरसाइकल उत्पादन गर्दै आएका छन्।

सरकारले नेपालमा उद्योग खोली एसेम्बलिङ गर्नेको लागि अन्तःशुल्कमा ५० प्रतिशत छुट दिँदै आएको छ। सरकारले १५० सीसीमाथिका तयारी अवस्थाका मोटरसाइकलको कर बढाउँदै एसेम्बलिङ गर्नेलाई छुट दिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array