एनएमबि बैंक र बीआईआईबीच सहकार्य, नेपालमा जलस्रोत लगानी प्रवर्द्धन गर्न सहजः सीईओ केसी

आर्थिक लाइभ
आर्थिक लाइभ १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । दिगो र मूल्य मान्यतामा आधारित बैंकिङको अद्वितीय ब्रान्ड आइडेन्टिटी भएको नेपालको अग्रणी बैंक एनएमबि बैंकले ब्रिटिस अन्तर्राष्ट्रिय लगानी (बीआईआई) बाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ।

एनएमबि बैंक बीआईआईबाट दोस्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको हो। आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नवीकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मदत पुग्नेछ। यसरी विस्तार गरिएको लगानीले जलस्रोत तथा नवीकरणीय ऊर्जा क्षेत्रको विकाशमा महत्वपूर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको विकासमा समेत टेवा पुग्नेछ।

एनएमबि बैंकद्वारा आयोजित सम्झौता हस्ताक्षर समारोहमा बोल्दै बैंकका कार्यकारी अधिकृत सुनील केसीले उक्त कर्जा लगानीले उर्जा क्षेत्रमा कार्यरत परियोजनाहरु लाभान्वित हुनुका साथै बैंकले लिएको दिगो बैंकिङको अवधारणालाई एक कदम अगाडि पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्।

एनएमबि बैंक दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array