गरिमा क्यापिटलको सीईओमा निर्मल भट्टराई नियुक्त

आर्थिक लाइभ
आर्थिक लाइभ १ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं ।  गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निर्मल भट्टराई नियुक्त भएका छन्। साउन २९ मा बसेको कम्पनीको सञ्चालक समितिको ५२औँ बैठकले भट्टराईलाई सीईओ नियुक्त गरेको हो।

बुधबारदेखि नै उनको कार्यकाल लागू भएको कम्पनीले जनाएको छ। भट्टराईले भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सीए) गरेका छन्। उनी संस्थाको स्थापनाकालदेखि नै विभिन्न ओहोदामा रहेर कार्यसम्पादन गर्दै आएका थिए। यसअघि उनले गरिमा क्यापिटल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यभार सम्हाल्दै आएका थिए।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो। यसले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरोशेयर खातासम्बन्धी सेवा प्रवाह गर्दै आएको छ।

निकट भविष्यमा नै आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु (जस्तैः निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेसन, संस्थागत परामर्श, सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्डलगायत अन्य फण्डहरुको व्यवस्थापन सम्बन्धी सेवाहरु प्रदान गर्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array