डिजिटल इकोनोमी प्रवर्द्धनमा प्रभावकारी भूमिका खेल्दै माछापुच्छ्रे बैंक

आर्थिक लाइभ
आर्थिक लाइभ २४ श्रावण २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं ।देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरास्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालय क्षेत्र विकासमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ।

डिजिटल बैंकिङमा आक्रामक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा बैंकले कास्की र म्याग्दीको पवित्र तीर्थस्थल विन्ध्यवासिनी र गलेश्वर धाममा छुट्टाछुट्टै दिनमा क्यूआर कोड हस्तान्तरण गरेको थियो।

पोखरामा रहेको विन्ध्यवासिनी मन्दिरमा आइतबार भएको एक कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. रामशरण खरेल, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यवाहक अध्यक्ष सूर्यप्रसाद सुवेदी तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा उक्त क्यूआर सेवाको शुभारम्भ गरेका थिए।

कार्यक्रममा माछापुच्छ्रे बैंकका संस्थापक सञ्चालक स्व। सूर्यबहादुर केसीकी श्रीमती प्रेमकुमारी केसी तथा बैंकका सञ्चालक बन्दना कार्र्र्कीको पनि उपस्थिति थियो।

यसैगरी म्याग्दीको बेनीस्थित गलेश्वर शिवालय क्षेत्रमा आज भएको एक कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा। रामशरण खरेल, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव रेग्मी, बेनी नगरपालिकाका मेयर सुरत केसी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा उक्त क्यूआर सेवाको शुभारम्भ गरेका थिए।

यो सेवा सञ्चालनमा आएपछि मन्दिरमा आउने दशनार्थीहरुले क्यूआर कोडबाटै भेटी चढाउन सक्नेछन्। दशनार्थीहरुले क्यूआर कोड सेवा निःशुल्क प्रयोग गर्न सक्नेछन्।

नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएका कारण क्यूआर कोडको प्रयोग आममानिसमा बढ्दै गइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array