बाग्मतीमा सार्वजनिक यातायातको भाडा साढे ३ प्रतिशतसम्म घट्यो(सूची)

आर्थिक लाइभ
आर्थिक लाइभ ११ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं । बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा साढे ३ प्रतिशतसम्म घटेको छ। डिजलको मूल्य घटेपछि प्रदेश सरकारले भाडादर समायोजन गरेको हो।
श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव तिर्जराज भट्टराईले प्रदेश अन्तर्गतका रुटमा संचालन हुने सार्वजनिक यातायातको भाडा ३.२६ प्रतिशतसम्मले घटाएको जानकारी दिए

उनका अनुसार यो प्रदेशमा संचालन हुने लामो दूरीको बस भाडा २.३० प्रतिशतले घटेको छ। साथै सहरी क्षेत्रमा भने ३.२६ प्रतिशतले घ६ाइएको छ।

यसैगरी, मालबाहक सवारीको हकमा ३.१८ प्रतिशत भाडा घटाइएको छ। नयाँ भाडादर बिहिबार देखि नै लागु हुने सचिव भट्टराईले बताए।

अब उपत्यका वा यस प्रदेशअन्तर्गतका रुटमा ०–५ किलोमिटरसम्म १८ रुपैयाँ, ०–१० किलोमिटरसम्म २४ रुपैयाँ, ०–१५ किलोमिटरसम्म २९ रुपैयाँ, ०–२० किलोमिटरसम्म ३२ रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३७ रुपैयाँ भाडा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array