लमजुङको दुराडाँडामा आयोजना गरिएको शिविरमा ४ सय ८० जनाको मुटु परीक्षण

आर्थिक लाइभ
आर्थिक लाइभ १० फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ४ दुराडाँडामा निःशुल्क मुटु परीक्षण शिविर सम्पन्न भएको छ । खनिया बन्धु समाज लमजुङ काठमाडौं सम्पर्क समितिको पहल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा स्थानीय खनिया बन्धु समाजको आयोजनामा शिविर आयोजना गरिएको हो ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक एवम् मुटु रोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारी, डा. अमृत बोगटी र डा. रिजू मानन्धरसहितको विशेषज्ञ चिकित्सकहरुबाट भएको शिविरमा ४ सय ८० जनाको इसीजी, इसीओ, एफबीसी चेक जाँच गरी औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।
कार्यक्रममा शिविर सञ्चालक संयोजक मदनराज खनिया, खनिया बन्धु समाज लमजुङ काठमाडौं सम्पर्क समितिका अध्यक्ष लेखनाथ खनिया, खनिया बन्धु समाजका अध्यक्ष राज खनियालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array