मिर्मिरे लघुवित्तको केन्द्र प्रमुख तथा उपप्रमुखसँग अन्तरक्रिया

आर्थिक लाइभ
आर्थिक लाइभ २५ माघ २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं । बनेपा ०८ काभ्रे स्थित केन्द्रीय कार्यालय रहेको यस मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा शाखा कार्यालय लङगडी पर्सामा १ दिने केन्द्र प्रमुख तथा उप प्रमुख गोष्ठी कार्य सम्पन्न भएको छ ।

संस्थाले हाल लघुवित्त क्षेत्रको कार्यक्रम तथा संचालन प्रक्रियामाथि भ्रामक शैलीमा गलत प्रचार प्रसार गरी लघुवित्त सेवाग्राहीलाई गुम्रराहमा राख्ने कार्य विषयक विरुद्ध र सेवाग्राहीहरुको अपेक्षा सहितको चासो तथा गुनासो व्यवस्थापन गर्न अन्तरक्रियात्मक तरिकाले कार्यक्रम संचालन गरिएको थियो । विगत ५ वर्षदेखि निरन्तर सेवारत रहेको शाखा कार्यालय लङगडी पर्साको करिव १०० जना बढी केन्द्र प्रमुख तथा उप प्रमुखको उपस्थितिमा पोखरीया न.पा. ४ स्थित शिवाय ब्याङक्वयेटको हलमा उत्कृष्ट बचत कर्ता, उत्कृष्ट कर्जा सदुपयोग गर्ने सदस्य र उत्कृष्ट केन्द्रहरुलाई नगद पुरस्कार सहित उपस्थित सबै सदस्यहरुलाई प्रमाणपत्र दिई सम्मान गर्ने कार्य सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रमको सभाध्यक्षमा केन्द्र न. १९ की केन्द्र प्रमुख कान्ति माया गिरी, प्रमुख अतिथि मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.का नायव कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपाने, कर्जा, कर्जा असुली विभाग प्रमुख वेद प्रसाद आचार्य, मधेश प्रदेश प्रमुख रामकिशोर चौधरी र मधेश प्रदेशका उप प्रादेशिक प्रमुखहरुको उपस्थिति लगायत शाखा कार्यालय सुवर्णपुर शाखाका शाखा प्रमुख महमद मक्सुद अन्सारीको उपस्थिति थियो । साथै उक्त कार्यक्रमको स्वागत मन्तव्य शाखा कार्यालय लङडीका कर्मचारी दिपेन्द्र प्रसाद चौधरीले गरेका थिए भने कार्यक्रम संचालन लङगखडी शाखाका शाखा प्रमुख फनिन्द्र कुमार साहले गर्नुभएको थियो ।

संस्थाले गोष्ठी कार्यक्रम निरन्तर गर्ने क्रममा माघ २४ गते शाखा कार्यालय डोकैलाले वीरगंज महानगरपालिका वार्ड न.१९ स्थित विन्दवासिनी मन्दिरमा करिव ९० जना सदस्यहरुको उपस्थितिमा बचत तथा कर्जा सदुपयोगिताको फाईदा तथा सदस्यहरुको सुझाव,अपेक्षालाई संकलित गरी संस्थाका नायव कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपानेबाट सम्वोधन गर्ने कार्य सम्पन्न गरीयो कर्जा,बचत तर्फ उत्कृष्ट सदस्यहरुलाई र उत्कृष्ट केन्द्र व्यवस्थापनलाई केन्द्र पुरस्कृत गर्दै कार्यक्रमको अध्यक्षता केन्द्र न. ४८ की केन्द्रप्रमुख गिर्जा देवी साह,कार्यक्रमको सहजीकरण नायव कार्यकारी प्रमुख, कर्जा असुली विभाग प्रमुख वेद प्रसाद आचार्यले गरेका थिए भने कार्यक्रम संचालन प्रदेश प्रमुख रामकिशोर चौधरीले गरेका थिए भने स्वागत मन्तव्य प्रादेशिक उप प्रमुख षडेन्द्र प्रसाद त्रिखत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array