कृषि विकास बैंकले निक्षेपमा ब्याज बढायो

आर्थिक लाइभ
आर्थिक लाइभ ५ आश्विन २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं । कृषि विकास बैंकले आफ्ना ग्राहकका लागि निक्षेपको व्याजदरमा भारी वृद्धि गरेको छ। बैंकले जारी गरेको सूचनाअनुसार यही असोज १ गतेदेखि लागू हुने गरी निक्षेपका विभिन्न शीर्षकको ब्याजदरमा वृद्धि गरेको हो।

अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने क्रममा बैंकले हालै रिकरिङ खाताको प्रोडक्ट जारी गरी नियमित, मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक किस्तामा रकम जम्मा गरी खाता खोल्न सकिने प्रोडक्ट जारी गरेको छ।

बैंकले आफ्नो नयाँ सेवा ‘लखपति करोडपति धमाका’ ल्याएको छ। यसमा हजार राखे लाख र लाख राखे करोड पाउनुका साथै न्यूनतम रकम र निश्चित अवधिमा राखिएको रकमको दुईगुणा, तीनगुणा र पाँचगुणा हुने गरी प्रतिफल प्राप्त गर्न जम्मा गर्नुपर्ने निक्षेप रकम र अवधि घटाएको छ। यसले गर्दा यस सेवा उपभोग गर्ने ग्राहकले अझै बढी सेवाको महसुस गर्ने भएका छन्।

यसका साथै बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वको उपलक्ष्यमा बैंकमा गई लखपति करोडपति धमाका खातासहित साधारण बचत, चेतनशील नारी बचत, कृषक बचत, सेयरहोल्डर बचत, बाआमा बचत, सम्बृद्धि बचत, कर्मचारी निवृत्तिभरण बचत, सामाजिक सुरक्षा विशेष बचत, सबै नेपालीको बचत, रेमिट्यान्स बचत, मेरो खुसी मेरो भविष्य मुद्दति, सेवानिवृत्त कर्मचारी मुद्दति, छोरी छोरा जीवन समुन्नत खाता, अक्षयकोष खाता खोल्दा भिसा कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डिम्याट, सीआरएन, लकर सेवामा विशेष छुट प्रदान गरेको छ। यी सेवा प्राप्तिका लागि नजिकैको शाखा वा अनलाइनबाट पनि खाता खोल्न सकिने बैंकले जनाएको छ।

थप जानकारीका लागि बैंकको website www.adbl.gov.np मा गई जानकारी र सेवा लिन सकिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array