एक सातामै उल्टियो ब्रोकर लाइसेन्स दिन नमिल्ने नियमावली

आर्थिक लाइभ
आर्थिक लाइभ २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa
Forex Brokers

काठमाडौं ।  धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली दुई पटक संशोधन भएको छ । २१ भदौ मंगलबार बसेको मन्त्रिपरिषद् बैंठकले धितोपत्र व्यवसायी (चौथो संशोधन) नियमावली २०७९ को मस्यौदा स्वीकृत गर्दै धितोपत्र बोर्डमा पठाएको थियो ।
धितोपत्र बोर्ड सेयर ब्रोकर लाइसेन्समा नियमावलीमार्फ ‘ओपन इन्ट्री र एक्जिट’ गर्ने गरी नियमावली संशोधन मस्यौदा स्वीकृतिका लागि पठाएको थियो । तर, मन्त्रिपरिषद्को विधायन समितिले संशोधित नियमावली कार्यान्वयन भएको तीन वर्षपछि मात्रै लाइसेन्स दिनसक्ने गरी नियमावलीमा परिमार्जन गरेर मन्त्रिपरिषद्‍बाट स्वीकृत भएर आयो ।
गृहमन्त्री बालकृष्ण खाँड र सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको बलमा तत्काल ब्रोकर लाइसेन्स नदिने गरी नियमावली संशोधन मस्यौदा परिमार्जन गर्दै मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array