सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा

आर्थिक लाइभ
आर्थिक लाइभ २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । केन्द्रीय बैंकले राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त घोषणा गरेको हो ।

दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले प्रकाशित गरेको २०७८ असोज मसान्तको वित्तीय विवरणको आधारमा राष्ट्र बैंकले समष्टिगत स्थलगत निरीक्षण गरेको थियो । त्यसपछि पनि गरिएको विशेष निरीक्षणबाट उक्त संस्थामा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष सम्मिलित भई संस्थाको हितविपरित व्यक्तिगत लाभको लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरुपयोग गर्ने कार्यमा संलग्न भएको देखिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array