एफ.पी.ओ.जारी गर्ने प्रक्रियामा मिर्मिरे लघुवित्त

आर्थिक लाइभ
आर्थिक लाइभ १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एफ.पी.ओ. जारी गर्ने सम्बन्धमा बुधबार धितोपत्र बोर्डलाई पत्राचार गरेको छ । नेपाल राष्ट्र बैंकबाट २०७९ श्रावण ३० गतेको स्वीकृति पत्रानुसार संस्थापक समूह र सर्वसाधारण समुहको शेयर स्वामित्व प्रतिशत ७०:३० कायम गर्ने प्रयोजनको लागी एफ.पी.ओ. जारी गर्ने स्वीकृति प्राप्त भएकोले प्रक्रिया अघि बढाएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले बताउनुभयो ।

बुधबारबाट एकीकृत कारोबार प्रारम्भ भएको साबिकको बुद्ध ज्योति संस्थालाई प्राप्ति गर्दाको स्वाप रेशियो १ः०.७६ निर्धारण गर्दा वित्तीय संस्थाको कुल चुक्तापुँजी ५३ करोड १२ लाख ५ हजार ३ सय ८८ रुपैयाँ भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array