भारतको शीर्ष १० कम्पनीको सूचीबाट बाहिरियो एलआईसी

आर्थिक लाइभ
आर्थिक लाइभ १६ भाद्र २०७९, बिहीबार
2 Min Read
Aa

एजेन्सी । भारतको सरकारी बीमा कम्पनी एलआईसी बजारपुँजीका हिसाबले देशका १० ठूला सूचीबद्ध कम्पनीको सूचीबाट बाहिरिएको छ।
एलआईसीलाई शीर्ष १० कम्पनीको सूचीबाट बाहिर निकाल्नमा बजाज फाइनान्स र अडानी ट्रान्समिसनको हात रहेको छ। गत ३० अगस्टमा बजार बन्द भएपछि बीएसईमा अडानी ट्रान्समिसनको मार्केट क्याप भारु ४।४३ लाख करोड थियो। यसरी अडानी ग्रुपको शीर्ष कम्पनीको नवौँ स्थानमा पुगेको छ।

त्यस्तै बजाज फाइनान्स भारु ४।४२ लाख करोडको बजार पुँजीकरणसँग १० औँ स्थानमा उक्लिएको छ। सरकारी बीमा कम्पनी एलआईसी भने अब भारु ४।२६ लाख करोडको बजार पुँजीकरणसँगै ११ औँ स्थानमा झरेको छ।

एलआईसीको स्टक गत १७ मेमा सेयर बजारमा सूचीबद्ध भएको थियो। एलआईसीको आईपीओका लागि भारु ९०२ देखि ९४९ को मूल्य ब्यान्ड तय गरिएको थियो। पहिलो दिनमा एलआईसीको स्टक १३ प्रतिशतले घटेको थियो र अन्ततः ८।६२ प्रतिशतले घटेर ८१।८० रुपैयाँमा स्थिर भयो। भारु ९४९ को तुलनामा आईपीओको माथिल्लो ब्यान्ड हेर्दा हालसम्म यो सेयरको मूल्य करिब २९ प्रतिशतले घटेको थियो।

कम्पनीले गत जुनको त्रैमासमा भारु ६८२।९ करोडको बम्पर नाफा कमाएको थियो। यो अघिल्लो वर्षको सोही त्रैमासमा भएको भारु २।९ करोडको खुद नाफाभन्दा धेरै गुणा बढी हो। यस अवधिमा कम्पनीको खुद प्रिमियम वार्षिक आधारमा २० प्रतिशतले बढेको छ। तर, कम्पनीको कार्यसम्पादन त्रैमासिक आधारमा घटेको छ। एलआईसीको बीमा व्यवसाय मुख्यतया १३ लाख सेल्स एजेन्टहरुमार्फत सञ्चालित छ।

प्रतिक्रिया दिनुहोस्