तीन वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशत नाघ्यो

आर्थिक लाइभ
आर्थिक लाइभ ६ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । निक्षेप घट्दा तीन वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात सीडी रेसियोले ९० प्रतिशतको सीमा नाघेको छ । पुँजी कोषबाहेकको ऋणपत्र तथा सापटी र निक्षेप समेत जोडेर आउने कुल रकममा ९० प्रतिशत मात्रै बैंकहरुले कर्जा दिन पाउँछन् । साउन महिनामा मात्रै बैंकहरुबाट १ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ ।

असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउन मसान्तसम्म आउँदा ४४ खर्ब ३४ अर्बमा झरेको छ । जसले गर्दा बैंकहरूको सीडी रेसियोमा दवाव परेको छ ।

मौद्रिक व्यवस्थाअनुसार यो सीमा ९० प्रतिशत नाघेमा राष्ट्र बैंकले कारबाही गर्ने गर्दछ । साउन महिनाको अन्त्यसम्म नबिल, नेपाल र सेन्चुरी कमर्सियलको सीडी रेसियो भने ९० नाघेको नेपाल बैंकर्स संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array