मिटरब्याजीविरुद्ध देशभर १,८३२ उजुरी

आर्थिक लाइभ
आर्थिक लाइभ ६ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । चर्को व्याजमा ऋण दिएर विचल्ली बनाएको भन्दै देशभरबाट १८ सय ३२ उजुरी परेको छ । गृह मन्त्रालयले गठन गरेको कार्यदलमा सोमबारसम्म परेको उजुरीमा सबैभन्दा बढी मधेश प्रदेशका छन् ।

मधेशमा एक हजार ६९ जनाले उजुरी दिएका छन् । यो कुल उजुरीको ५८ प्रतिशत भएको कार्यदलका संयोजक सहसचिव भीष्मकुमार भुसालले जानकारी दिए ।

मधेशपछि बाग्मती प्रदेशको ३५८, लुम्बिनीको २११, प्रदेश १ को ९२, सुदूरपश्चिमको ४५, गण्डकीको ३५ र कर्णाली प्रदेशको २२ वटा उजुरी परेका छन् ।

साहुले चर्को व्याजमा ऋण दिने र नतिरको भन्दै घर र जग्गा नै हडपेपछि पीडितले काठमाडौंको माइतीघर मण्डलामा आएर पटकपटक प्रदर्शन गरेपछि सरकारले गृह मन्त्रालयका सह–सचिव भुसालको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले देशभरबाट मिटरब्याज पीडितलाई उजुरी दिन आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array