काठमाडौं । गएको आर्थिक वर्षसम्ममा जीवन बीमा कम्पनीहरुले ११ लाख १९ हजार ५९४ वटा पोलिसी नविकरण गर्न नसक्दा ३४ अर्ब २५ करोड रुपैयाँ ल्याप्स भएको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार सरेण्ड सँग सँगै ल्याप्स पनि ठुलो समस्याको रुपमा देखिएको छ ।

गत वर्ष सबैभन्दा धेरै मेट लाइफको मात्रै ८ अर्ब ४१ करोड रुपैयाँको ल्याप्स भएको छ । ३९ हजार ६११ वटा पोलिसी नविकरण गर्न नसक्दा कम्पनीले संकलन गर्नु पर्ने ८ अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सकेको छैन ।
दोस्रो धेरै ल्याप्स नेपाल लाइफको छ । नेपाल लाइफले तीन लाख २९ हजार वटा पोलिसीबाट ७ अर्ब ६३ करोड रुपैयाँ बीमा शुल्क उठाउनु पर्नेछ । त्यस्तै तेस्रो स्थानमा रहेको नेशलले ८५ हजार ४०१ वटा पोलिसीबाट तीन अर्ब ९९ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सकेको छैन । लाइफ इन्स्योरेन्स कर्पोरेसनको पनि दुई अर्ब ७९ करोड रुपैयाँको बीमा शुल्क उठ्नु पर्नेछ
प्रतिक्रिया दिनुहोस्